मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारत बराबरी (भिडियोसहित)

काठमाडौँ। मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका छन्। साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो।

नेपालले ३५औं मिनेटमा अग्रता लिए पनि जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमायो। ३५औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए। तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए।


ताजा समाचार