आफ्नौ वडामा एक्लिए भीम आचार्य

काठमाडौँ। माधव नेपाल समूहमा रहेर लामो राजनीतिक जीवन बिताएका तर, पछिल्लो समय केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफ्नै वडामा एक्लिएका छन्।

मुख्यमन्त्री आचार्यको सुनसरी इनरुवा नगरपालिका ६ नम्बर वडाबाट एमालेबाट निर्वाचित वडा अध्यक्ष कोषराज अधिकारी र वडा सदस्य राजेश दाहाल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

अधिकारी र दाहाल शनिबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। इनरुवामा आयोजित नगरस्तरीय भेलामार्फत उनीहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। त्यसैगरी नेकपा एमालेका इनरुवा नगर कमिटी अध्यक्ष तीर्थ अधिकारी सचिव रमेश तिम्सिना एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। अधिकारी मुख्यमन्त्री आचार्यका पुराना सहयोगी समेत हुन्।


ताजा समाचार