‘सभापतिबाट ब्याक हुन्नँ, साझा उम्मेदवारको सम्भावना सकिएको छैन’

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताएका छन्।

शनिबार गणेशमान सिंहको २५ओैं स्मृति दिवसको अवसरमा गणेशमान सिह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन् ढिलाई भएको बताए। उनले अब छिटै सरकारले पूर्णता पाउने बताए।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धन निर्माण भएको सिंहको भनाइ छ। उनले कम्युनिष्टहरू असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको बताए। काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाई थियो।

नेता सिंहले पार्टीको १४औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए।

‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ, ’उनले भने, ‘महाधिवेशन निष्पक्ष तवर गर्नु पर्दछ। विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधन गर्न सभापतिलगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ।’अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए। तर, आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइछ।

उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पु(याएको योगदानको स्मरण गरे। जस्तोसुकै अप्ठयारो परिस्थितीमा पनि गणेशमान सिंहले नेपाली जनताको सेवा गर्न नछोडेको उनले बताए। साथै काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र कुमार केसी काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे,किरण गिरी काँग्रेस काठमाडौं सभापति सबुज बानियाँ लगायत नेता कार्यकर्ताको उपस्थित रहेको थियो।


ताजा समाचार