बजेट विनियोजन विधेयक, २०७८ प्रमाणीकरण

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन्।

बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ। संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए।

राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा ९२० मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् । प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको विनियोजन विधेयक आजै बसेको राष्ट्रियसभा बैठकबाट पनि पारित भएको थियो । पारित गरेको सो विधेयक प्रतिनिधिसभामा फर्काएको थियो ।

अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । सो बजेटको आकार १४ अर्ब ७४ करोड रुपैयाँले घटाउँदै वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो । वर्तमान सरकारले सटडाउन निम्तिन नदिने गरी समयमै प्रतिस्थापन विधेयक ल्याउन नसक्दा भदौ ३१ गतेदेखि सरकारले संघीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति ९सटडाउन० निम्तिएको थियो । संवैधानिक अङ्ग तथा निकायहरू ९संघीय सञ्चित कोषमाथि हुने व्ययभार० बाहेक अन्य खर्च रोकिएको थियो

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै एकसाता लामो सटडाउन अन्त्य भएको हो । भोलि ९शुक्रबार० देखि नै सरकारले संघीय सञ्चित कोष चलाउन पाउनेछ ।


ताजा समाचार