सुवेदीद्वारा भलिबल प्रतियोगिताका लागि ५ हजार सहयोग

कालिकोट। इडिएफ महासंघका केन्द्रीय सचिव तथा कार्यकारी निर्देशक एवं एभरेष्ट टेक्निकल कलेज प्रा।लि कोहलपुर बाँकेका सञ्चालक वीरेन्द्र सुवेदीले भलिबल प्रतियोगिताका लागि ५ हजार रुपैया सहयोग गरेका छन्।

यहि देखी २६ गतेसम्म हुन गई रहेको त्रिवेणी युथ क्लब सान्नी त्रिवेणी गापा. वडा न. १ द्वारा फुटबल, भलिबल तथा साँस्कृतिक कार्यक्रमको लागि ५ हजार रुपैया सहयोग गरेका हुन्।

राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल उद्धेश्यका साथ दशैं तिहार तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम गर्ने क्लबको अध्यक्ष परेकराज गिरीले जानकारी दिएका छन्।

उक्त कार्यक्रमको मुख्य आयोजक त्रिवेणी युथ क्लव र सह-आयोजक सान्नी त्रिवेणी गाउँपालिकाले गर्ने भएको छ भने उक्त कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य जीवन बुढा र विषेश अतिथि सान्नी त्रिबेणि गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाही रहनेछन्।


ताजा समाचार