एमालेद्वारा ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

काठमाडौँ। नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटासहितको अध्यक्ष मण्डल गठन गरेको हो।

महाधिवेशन बन्द सत्र सुरु भएसंगै केन्द्रीय कमिटी विघटन हुन्छ। त्यसलगत्तै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उक्त अध्यक्ष मण्डलको हुन्छ। यस्तै सात सदस्यीय माइन्युट कमिटी गठन गरिएको छ।

एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली, ज्वालाकुमारी साह माइन्युट कमिटीमा छन्।


ताजा समाचार