खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक

काठमाडौँ। सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ।

पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ।

पछिल्ला दिन ओमिक्रोन भेरिएन्ट तीव्र भएपछि सरकारले काठमाडौं उपत्यका लगायत देशभर कडाई गरेको छ। काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातबाट सवारी साधनका लागि जोर बिजोर प्रणाली समेत लागू गरिएको छ।


ताजा समाचार