फ्लोर क्रस गर्ने जनप्रतिनिधिलाई एमालेले कारवाही गर्ने

काठमाडौँ। नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरूलाई कारवाही गर्ने जनाएको छ।

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिने जनप्रतिनिधिमाथि छानबिन गरेर कारवाही गरिने नेकपा एमाले प्रदेश १ कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर जनाएको छ।

नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढ संकल्पित छ।’


ताजा समाचार