आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ।

दिउँसो प्रदेश १ र बागमतीका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।


ताजा समाचार