नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय

काठमाडौँ। नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन्। भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ।

विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन्। गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको ठाउँमा जिम्मेवारी विनयलाई दिइएको हो।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखामा समेत काम गरिसकेका छन्।


ताजा समाचार