सेन्ट लरेन्सका अर्का शिक्षक पनि पक्राउ

काठमाडौँ। सेन्ट लरेन्स कलेजका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अर्का शिक्षक पनि पक्राउ परेका छन्।

विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए। त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।

उनीहरूविरूद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन्। त्यस्तै, अन्य दुई जनाले पनि आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्। यद्यपि उनीहरूले जाहेरी दिइसकेका छैनन्। शिक्षकहरूले विद्यार्थीहरूमाथि अनैतिक रूपमा छुने, आफ्नो घरमा बस्न र यौन सम्पर्क राख्न प्रस्ताव समेत राख्ने गरेको खुलेको हो।

यी कुरा खुलेपछि विद्यार्थीहरूले कलेज प्रशासनलाई पहिल्यै जानकारी गराएको थियो। तर, प्रशासनले भित्रैभित्र मिलाउन खोजेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।


ताजा समाचार