एसियन कप छनोटमा नेपाल कुवेतसँग ४-१ ले पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४-१ ले पराजित भएको छ। शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो।

जोर्डन विरुद्धको अघिल्लो खेलको तुलनामा नेपालले कुवेत विरुद्ध आक्रामक फुटबल खेलेको थियो। तर, काउन्टर अट्याकमा आफैं गोल खायो। कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे। त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे।

समूहमा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो। नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए।


ताजा समाचार