सोनिया गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली। भारतमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन्। उनी केही दिनयता कोरोना संक्रमित छिन्। पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ।

गान्धीको हेल्थ रिपोर्ट १ जुनमा कोरोना पोजिटिभ आएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा सोनायालाई भर्ना गरिएको हो। उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन्।

दिल्लीमा कोरोना संक्रमणको दर बढ्नुका साथै दैनिक रुपमा नयाँ संक्रमित पनि थपिँदै छन्। दिल्लीमा संक्रमण दरले ४ प्रतिशत पार गरेको बताइएको छ। पछिल्लो २४ घण्टामा ७ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन्। संक्रमितको संख्या बढेको पाइए पनि मृत्युका घटना भने भएका छैनन्।


ताजा समाचार