उत्तर कोरिया भन्छ, देश कोरोनामुक्त, अमेरिकाले भन्यो असम्भव

काठमाडौँ। कोरोना भाइरस (कोभिड १९ को उद्गम थलो चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देश कोरोना भाइरसबाट मुक्त रहेको दाबी गरेको छ। कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेका बेला उत्तर कोरियाले आफ्नो देश कोरोनामुक्त रहेको दाबी गरेको हो।

उत्तर कोरियाको केन्द्रीय आपतकालीन केन्द्रका प्रमुख पाक म्योङ्ग सुले अहिलेसम्म एक जना व्यक्तिमा पनि कोरोनाको संक्रमण नभेटिएको दाबी गरेका हुन्।

छिमेकी चीनमा कोरोना भाइरस पुष्टि भएको सार्वजनिक हुनासाथ उत्तर कोरियाले सीमा नाका बन्द गरेको थियो। उनले भनेका छन्, ‘कोरोना रोकथामको हाम्रो प्रयास पूर्णरुपमा सफल भएको छ। एक जना व्यक्तिमा पनि कोरोना संक्रमण छैन।’

उत्तर कोरियाको यो दाबीमाथि अमेरिकाले प्रश्न उठाएको छ। यूएस मिलिटरी कमाण्डर जनरल रोबर्ट एबराम्सले उत्तर कोरियाको कोरोनामुक्त भनाइप्रति प्रश्न उठाउँदै भनेका छन्( असम्भव दाबी गरेका छन्।


ताजा समाचार