बालुवाटार शक्तिशाली तानाशाह बन्दैछ: महन्थ ठाकुर

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले बालुवाटार शक्तिशाली तानाशाह बन्दै गएको आरोप लगाएका छन्। युनाईटेड मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो आरोप लगएका हुन्।

आज बिहीबार (राजपा) मा दुई दर्जन विद्यार्थीहरु प्रवेश गरेका छन्। बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युनाईटेड मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई राजपाका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका संयोजक तथा कार्यक्रमका सभापति राजेन्द्र महतोले माला, अविर लगाउँदै पार्टी प्रवेश गराएका हुन्।

बालुवाटारको सन्दर्भमा अध्यक्ष ठाकुरले भने,‘मधेशी जनताले संघीयताका लाथि ठूलो बलिदान दिएका छन्। आज आएर संघीयता नामको मात्रै संघीयता भएको छ। शक्तिको दुरुपयोग गर्दै प्रदेशको अधिकार बालुवाटारमा केन्द्रीत गरेर तानाशाह बनाउने काम भएको छ। यो संघीयताको मर्म विपरित छ।’

उनले अगाडि भने, ‘लोकतन्त्रलाई केन्द्रकृत बनाउने काम भएको छ। विभिन्न जाताजाती, भाषा, धर्म संस्कारको नाममा विभेद खडा गरिएको छ। सरकारी काममा पनि विभेद छ। भर्ना र सरकार नियुक्तिमा पनि उस्तै विभेदछ। नागरिकतामा पनि विभेद छ। बालुवाटारलाई सिमित व्यक्तिको मुठ्ठिभित्र राखेर जनतामाथि दमन हुने खतरा बढि रहेको छ। यसमा हामी सतेत हुनुपर्ने बेला आएको छ। हामी जनताका सिपाही हौं। अवसरवादी सोच रचिन्तलाई ध्यान दिँदै अगाडि बढ्ने समय हो।’


ताजा समाचार