८९५ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन्।

५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिले देशभर ४९३४ जना सक्रिय संक्रमित रहेका छन्।


ताजा समाचार