नेपाल समाजवादी पार्टीको बैठक बस्दै

काठमाडौँ। नेपाल समाजवादी पार्टीको बैठक आज बस्दैछ।

काठमाडौँमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ।

बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए।

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ। निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ।


ताजा समाचार