मौसम पूर्वानुमान: पहाडी क्षेत्रमा वर्षा, तराइमा हावाहुरी

काठमाडौँ। हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी  र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेशका एक दुई स्थानमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।


ताजा समाचार