अमेरिकामा मेस्सीको आर्थिक खेल : किन रोजे आयकर नलाग्ने फ्लोरिडा राज्य?

ही जुन २४ तारिखमा फिलाडेल्फिया युनियनले सुबारु पार्कमा इन्टर मायामीको सामना गर्दै छ। सामान्यतया तेस्रो र १५औँ स्थानका टोलीबीचको भिडन्तले खासै धेरै रुचि जगाउँदैन। तर खेल हुनु धेरैअघि नै सबै टिकट बिक्री भइसकेको छ।

यसलाई मेस्सीको प्रभाव मान्नुस्। पेरिस सेन्ट जर्मेनसँगको करार जुन ३० मा मात्रै सकिने भएकाले जुन २४ मा हुने खेलमा चर्चित खेलाडी लियोनल मेस्सी हुनेछैनन्। तर उनले इन्टर मायामीसँग सम्झौता गर्दै छन् भन्ने सानो घोषणाले फुटबल समर्थकमाझ ठूलो चासो सिर्जना गरेको छ। त्यसमाथि साउदी अरबको अल हिलालबाट आएको ५० करोड डलरको तथाकथित अफर छोडेर आउने कुराले झन् ठूलो चर्चा बटुलेको छ।

डेभिड बेकह्यामसहितका चर्चित व्यक्तिहरुको स्वामित्वमा रहेको इन्टर मायामीलाई इन्स्टाग्राममा पछ्याउने जमात ८० लाखमाथि पुगेको छ। जुन अन्य कुनै पनि मेजर लिग टोलीभन्दा धेरै हो। फोर्ब्सले सन् २०२२ मा विश्वकै मूल्यवान् खेल टोलीको मान्यता दिएको डलास काउबोयजसँग ४५ लाख मात्रै फलोअर छन्।

३५ वर्षे मेस्सीलाई अहिले विश्वकै महान् फुटबल खेलाडीका रुपमा लिइन्छ। उनीसँग फुटबलमा सर्वश्रेष्ठ र प्रतिष्ठित मानिने सातवटा बालोन डी अर– अवार्ड छन् भने अन्य धेरै फिफा वर्ष खेलाडीसहितका व्यक्तिगत अवार्डहरु पनि छन्। उनले आफ्नो टोलीलाई १० वटा ला लिगा उपाधि, चार वटा यूईएफए च्याम्पियन्स लिग उपाधि र दुई वटा लिग १ उपाधि दिलाएका छन्। सन् २०२२ मा उनले आफ्नो देशलाई विश्वकपको उपाधि हात पार्न सफल भए।

किन रोजे फ्लोरिडा?
यी सबैपछि मेस्सी जहाँसुकै जानसक्थे। तर उनको इतिहासको अर्को खण्ड, खासगरी उनको आम्दानी र स्पेनी कर अधिकारीसँगको लडाइँले टाइगर वुड्स, डेरेक जिटर र टम ब्रेडीजस्ता अन्य ठूला उच्च आम्दानीकर्ताहरुको एक गन्तव्य फ्लोरिडा मेस्सीको पनि रोजाइ बनेको हुनसक्छ।

धेरै कमाउने खेलाडीहरुका लागि फ्लोरिडा बस्न, तालिम गर्न र खेल्न एउटा ठूलो स्थान हो। यो राज्यमा आयकरको व्यवस्था छैन। यसको मतलब चर्चित खेलाडी, जो यहाँ बस्छ उसलाई आयकरमुक्त भन्न नमिले पनि यदि उसले फ्लोरिडाकै टोलीमा खेल्छ भने करमा राहत पाउँछ। राज्यहरुले उनीहरु कहाँ बस्छन् र कहाँ काम गर्छन् भन्ने हिसाबले आयकर लगाउँछन्। ९संघीय कानुनले दुई राज्यलाई उही आयमा कर लिन नदिने हुँदा एक राज्यमा बसेर अर्को राज्यमा काम गर्नेको हकमा प्रायः दुवै राज्यमा फाइल बुझाउनुपरे पनि उसले आफू बस्ने राज्यमा तिरेको करको लागि क्रेडिट पाउनेछ वा उसले काम गरेको राज्यमा रोकिन्छ।

यसले विशेषगरी फाइदा हुन पनि सक्छ– र खेलाडीहरुका लागि यो ठूलो कुरा पनि हो। कतिपय राज्यमा खासगरी ३० दिन वा कम समय रहनेलाई कर तिर्नु नपर्ने कानुन नभएको होइन। ती नियम सामान्यतया व्यावसायिक खेलाडीले जहाँ खेले पनि उनीहरुको हकमा लागू हुँदैन। साथै, अमेरिकामा खेलिरहेका विदेशी गैरआवासीयहरुको हकमा राज्यस्तरीय ९संघीय समेत० आम्दानी कर लागू हुन्छ।

तथाकथित ‘जक ट्याक्स’को अर्थ खेलाडी जहाँ बस्छन्, जहाँ अभ्यास गर्छन् र जहाँ खेल्छन् उनीहरुलाई कर लगाउन सकिन्छ। हरेक राज्यले आफ्नो राज्यमा उनीहरु बसेको समयावधिको दरले हिसाबकिताब खोज्छन्। (ठ्याक्कै कसरी हिसाबकिताब हुन्छ भन्ने धेरै कुरामा भर पर्छ र यो मुद्दाको विषय पनि हुँदै आएको छ।)

तर केचाहिँ स्पष्ट छ भने मेस्सीले कुनै पनि दिन तालिम गर्दा, खेल्दा वा फ्लोरिडामा बस्दा मात्रैमा राज्यस्तरीय आय करबारे आत्तिनुपर्दैन।

(पाँचवटा राज्य नेवाडा, टेनिसी, टेक्सास, वासिङ्टन र फ्लोरिडाले आयकर नलगाउने हुँदा जक ट्याक्स पनि लगाउँदैनन्। वायोमिङ र अलास्काले पनि आयकर लिँदैनन् तर उनीहरुले धेरै खेल प्रतिस्पर्धा नै आयोजना गर्दैनन्।)

यति हुँदाहुँदै पनि फ्लोरिडाभन्दा क्यालिफोर्नियाले ग्यारेथ बेल र ज्लाटन इब्राहिमोभिकजस्ता धेरै चर्चित फुटबल खेलाडीलाई तानेको छ जहाँ १० लाख डलरभन्दा माथिको आयमा अमेरिकाभरकै उच्च १३।३ प्रतिशत राज्यस्तरीय आयकर तिर्नुपर्छ। यता न्युयोर्क राज्यमा साढे २ करोड डलरभन्दा बढीको आयमा १०.९ प्रतिशत मात्रै कर तिर्नुपर्छ। तर त्यहाँ अतिरिक्त ३।८७६ प्रतिशत कर थपिँदा सबैभन्दा बढी दर १४।७७६ प्रतिशत हुन आउँछ।

फ्लोरिडामा बस्नेलाई सम्पत्ति पास गर्न पनि सजिलो छ। यो राज्यमा हकले प्राप्त हुने वा उपहारमा कर लाग्दैन। र व्यवसाय सञ्चालकले पनि थोरै मात्र व्यवसाय ९आय०कर अर्थात् केवल ५।५ प्रतिशत मात्र तिरे हुन्छ।

सापेक्षिक हिसाबले फ्लोरिडाजस्तो कर लाभ पाइने राज्यमा कुनै भौगोलिक स्थान विशेषमा रहेको सम्पत्तिभन्दा बौद्धिक सम्पत्ति कुनै घराना वा अन्य कम्पनीहरुलाई हस्तान्तरण गर्न सजिलो छ। जुन मेस्सीका लागि अर्को कर लाभको विषय पनि हुनसक्छ। यसर्थ व्यावसायिक खेलाडीहरुले पैसा कमाउन प्रयोग गर्ने सम्पत्तिका लागि यो ठाउँ आकर्षक छ र त्यही खालको नाफाको सम्झौता मेस्सीसँग छ तर त्यो कर इतिहाससँग जोडिएको छ।

आम्दानीसँग जकडिएको कर लफडा
बितेको वर्ष मेस्सीले अनुमानित १३ करोड डलर सम्पत्ति कमाएर फोर्ब्सको विश्व धनाढ्य खेलाडीमा गत जनवरीमा साउदी अरबको अल नासारसँग अनुबन्ध भएपछि पहिलो नम्बरमा परेका क्रिस्टियानो रोनाल्डोभन्दा ठिकपछि दोस्रो वरीयतामा आफूलाई उभ्याए। तर मेस्सीका आम्दानीहरु सबै उनका मैदानका खेलसँग मात्र जोडिएका छैनन्। एडिडास, बडवाइजर र पेप्सिकोजस्ता झण्डै आधाजसो उनको आम्दानी इन्डोर्समेन्ट डिलबाट आउँछन्।

जब आफ्नो व्यक्तित्व र करको कुरा आउँछ, केही खेलाडी जोखिम मोल्न तयार हुन सक्छन्, तर मेस्सीचाहिँ निकै होसियारीपूर्वक हिँड्ने सम्भावना छ।

बार्सिलोनामा रहँदा उनले वित्तीय मामिलालाई लिएर आफूलाई कडा अनुसन्धानको दायराभित्र पाएका थिए। सन् २०१३ मा स्पेनका कर अधिकारीले उनको रोयल्टी र आम्दानीको कर छल्न मेस्सीका बुबाले ट्याक्स हेभन देशका कम्पनीको शृंखला प्रयोग गरेको आरोप लगाएका थिए। अदालतमा पेस गरेका कागजातमा कर अधिकारीले सन् २००५ यता नै मेस्सीको पेप्सीकोला, प्रोक्टर एन्ड ग्याम्बल र एडिडासजस्ता कम्पनीहरुसँगको सम्झौताबाट प्राप्त आम्दानी बेलिज र उरुग्वेमा सार्न थालिएको दाबी गरेका थिए ताकि उनी र उनका बुबा स्पेनमा आयकर तिर्नबाट बचून्।

‘मैले बुबा र मेरा वकिललाई विश्वास गरेँ’
मेस्सीले भने यता आफूले कुनै गलत कार्य नगरेको देखाइरहे। आफूविरुद्धको अभियोजन सार्वजनिक भएलगत्तै उनले साढे ६५ लाख बढी अमेरिकी डलर बक्यौता कर तिरे। त्यसका बाबजुद सन् २०१५ मा स्पेनका कर अधिकारीहरुले करछली गरेको भन्दै मेस्सीलाई अदालतमा उपस्थित हुन आदेश दिएका थिए।

त्यस दौरान मेस्सीले आफू फुटबल खेलिरहेको र अन्य कुरा आफूलाई केही थाहा नभएको बताएका थिए। मेस्सीले आफ्नो पैसा व्यवस्थापनमा आफू सक्रिय रुपमा सहभागी नभएको अदालतसँग बताएका थिए।

‘मैले मेरो बुबा र मेरा वकिललाई विश्वास गरेँ,’ आफैँले हस्ताक्षर गरेका कागजात समेत नपढेको दाबीसहित मेस्सीले भनेका थिए। तर अदालतले उनको यो तर्क मानेन।

सन् २०१६ मा एक स्पेनी अदालतले मेस्सी र उनका बुबा होर्खे मेस्सीलाई कर छलीमा दोषी पायो। दुवैलाई प्रतिव्यक्ति २१ महिनाको जेल सजाय गरिदियो। स्पेनमा त्यति लामो सजाय हुनु महत्त्वपूर्ण मानिन्छ किनकि जसले २ वर्षमुनिको जेल सजाय पाउँछन् उनीहरु हिंसात्मक अपराधमा संलग्न नभएको अवस्थामा जेल बस्नुपर्दैन।

मेस्सीले सन् २०१७ मा उक्त आदेशको खारेजी माग गर्दै पुनरावेदन गरे। जसमा सर्वोच्च अदालतले सम्झौता छलफलमा आफू भौतिक रुपमा संलग्न नभएको भए पनि करछलीबारे जानकार हुनुपर्ने राय दियो। अदालतले उनले आफ्नो इमेज राइट्सबाट प्राप्त आम्दानीमा लाग्ने आयकर तिर्नुपर्ने भन्दै सोही कारण कर तिर्ने कुरामा बेवास्ता गर्ने कुरालाई तार्किक नभएको बतायो।

उक्त आदेशमा कुनै हेरफेर त भएन तर अभियोजनमा गरेको सहयोगका कारण मेस्सीका बुबाको २१ महिने जेल सजाय १५ महिनामा झ¥यो। यता मेस्सीको सजाय भने निश्चित भयो।

अमेरिका बसाइँसराइलाई कति अप्ठ्यारो पार्ला?
व्यावहारिक रुपमा भने उक्त सजाय केवल कागजी मात्र भयो– मेस्सी कहिल्यै जेल बसेनन्। तर उक्त फैसलाले उनको अमेरिका बसाइसराइमा प्रभाव पार्नसक्छ।

मेस्सी स्पेन र अर्जेन्टिनाका दोहोरो नागरिकता लिएका व्यक्ति हुन्। उनीसँग अमेरिकी राहदानी छैन। यद्यपि उनी सजिलै अमेरिका घुम्न सक्छन्। फ्लोरिडामा दसौँ लाख डलरको सम्पत्ति भएका उनलाई काम गर्न भने भिसा चाहिन्छ जुन कठिन हुनसक्छ।

एक अमेरिकी तथा क्यानडेली आप्रवासी कानुनी फर्म ग्रिन एन्ड स्पाइजेलमा अभ्यास निर्देशक तथा प्रबन्ध साझेदार जोनाथन ग्रडले व्यावसायिक खेलाडीसँग भिसासम्बन्धी मुद्दामा धेरै काम गरेका छन्। उनका अनुसार व्यावसायिक खेलाडी सामान्यतया पी–१ भिसामा अमेरिका प्रवेश गर्छन्। जुन बढीमा पाँच वर्षको र सम्झौतामा बाँधिने गरी जारी गरिन्छ।

तर पी–१ र सम्बन्धित भिसा स्वतः जारी हुँदैनन्, समीक्षाको विषय हुन्छन् र इमिग्रेसन एन्ड नेसनालिटी एक्ट ९आप्रवासन तथा राष्ट्रियता ऐन०को धारा २१२ विशेष रुपमा आकर्षित हुनसक्छ जसमा त्यस्ता व्यक्तिलाई प्रवेश नदिइन सक्ने भनिएको छ, जो दोषी प्रमाणित छ, वा जसले दोष स्वीकारेको छ, वा जसले त्यस्ता गतिविधि स्वीकार्छ जुन नैतिक पतन हुने अपराध वा त्यसको प्रयाससँग सम्बन्धित छ।

यस्तोमा नैतिक पतनको विषयलाई व्यापक रुपमा व्याख्या गर्न सकिए पनि बेइमानपूर्ण अपराध पर्याप्त हुने ग्रड बताउँछन्। यसलाई कडा रुपमा व्यवहार गरिनसक्छ।

सामान्य हिसाबमा भन्ने हो भने आवेदकले कर छली गरेको सजाय पाएको अवस्थामा भिसा नपाउन सक्छ।

मेस्सीले भोग्ने छैनन् साञ्चेजले भोगेको नियति
बार्सिलोनामा मेस्सीसँगै खेलेका एलेक्सिस साञ्चेजले सन् २०१८ मा क्लब अमेरिकासँगको म्यानचेस्टर युनाइटेडको खेल गुमाएका थिए। ईएसपीएन एफसी स्रोतका अनुसार उनको अनुपस्थिति यात्रा भिसासँग नै सम्बन्धित थियो।

सन् २०१६ मा साञ्चेजविरुद्ध पनि स्पेनी अधिकारीले करछलीको आरोप लगाएका थिए। जुन मेस्सीलाई लगाइएको आरोपजस्तो थियो। साञ्चेजविरुद्ध चिली र माल्टामा अफसोर कम्पनी बनाएर सन् २०१२ र २०१३ को बीचमा झण्डै १० लाख डलरमाथिको कर छली गरेको आरोप थियो। साञ्चेजले प्रारम्भिक रुपमा यसलाई अस्वीकार गरे पनि इमेज राइट्सबाट प्राप्त आयसम्बन्धी २ किसिमका करछली गरेकोमा अदालतले दोषी पाएको थियो। उनलाई अदालतले १६ महिनाको जेल सजाय र जरिवाना गरेको थियो। उनले जेल बस्नु परेन। तर भिसा आवेदन अस्वीकृतिका लागि यो नै पर्याप्त थियो।

जब त्यस्तो हुन्छ, आवेदकले त्यसमा छुटको छुट्टै आवेदन दिनुपर्छ। ग्रडका अनुसार त्यस्तो आवेदनले महिनौँको समय लिनसक्छ। जुन समस्याग्रस्त हुन पनि सक्छ। मेस्सीले जुलाईमा एमएलएसमा डेब्यु गर्ने आशा गरिएको छ। तर ग्रड भने यी संसारकै ठूला फुटबल खेलाडी भएकाले उनको कानुनी टोलीले यसअघि नै त्यस्तो छुटको आवेदनको लागि काम गरेको हुनसक्ने बताउँछन्। मेस्सीको टोलीले प्रतिक्रियाका लागि गरेको आग्रहमा केही भनेको छैन।

यदि यी सबै असफल भएमा ०–१ जस्ता भिसाका अन्य विकल्प पनि छन्। यो त्यस्तो व्यक्तिका लागि दिइने भिसा हो, जो मेस्सीजस्तै विविध क्षेत्रमा असाधारण क्षमतावान छ। यो भिसा कुनै पनि हिसाबले मेस्सीले पाउन सक्छन्।

मेस्सीका सहकर्मी ब्राजिलका नेयमार उनलाई लिगका परिवर्तनकर्ता मान्छन्। आफ्नैखाले करसम्बन्धी समस्या झेलेका बार्सिलोना र पीएसजीका सहकर्मी नेयमार अमेरिकामा मेस्सीले लिगमा बदलाव ल्याउनेमा ढुक्क रहेको बताउँछन्।

उनी फुटबल प्रशंसकलाई भन्छन्, ‘लिग अझै धेरै लोकप्रिय हुने विश्वास छ। अतः सबैले मेस्सीले खेलिरहँदा फाइदा लिनु, हेरेर आनन्द लिनु किनभने कुनै पनि कुरा सधैँ रहँदैनन्।’


ताजा समाचार