भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

काठमाडौं। भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आउने भएका हुन् ।

स्रोतका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनेछन् । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने अपेक्षा गरिएको छ ।

आयोगको छैटौँ बैठक २०७७ सालको माघमा नयाँ दिल्लीमा आयोजना भएको थियो । बैठकलाई तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र जयशंकरले संयुक्तरुपमा अध्यक्षता गरेका थिए । सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा दुई मुलुकबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) प्रतिवेदनको प्रस्तुतीकरण, हवाई प्रवेश मार्ग, कोभिड–१९ विरुद्धको खोप, सीमा व्यवस्थापन, सम्पर्क सञ्जाल र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, शिक्षा तथा संस्कृतिसहित द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा भएको थियो ।


ताजा समाचार