प्रज्ञा प्रतिष्ठानमा माओवादी बैठकको तेस्रो दिन (तस्बिरसहित)

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक जारी छ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा केन्द्रीत रहेर नेताहरुले आ–आफ्नो धारणा राखिरहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बोल्ने अधिकांश नेताहरुले पार्टी रुपान्तरणमा जोड दिएका छन् ।

पाँच दिनका लागि तय भएको बैठकमा अहिलेसम्म एक सय हाराहारी केन्द्रीय सदस्यले मात्रै बोलेका छन् ।  झण्डै साढे दुईसय नेताहरुले बोल्न बाँकी रहेकाले बैठक अरु केही दिन लम्बिन सक्ने भएको छ ।

बोल्न चाहने सबै नेतालाई बोल्नका लागि समय उपलब्ध गराइने भएकाले बैठक लम्बिने देखिएको छ ।

तस्बिरहरू:

तस्बिरः प्रदिपराज वन्त


ताजा समाचार