डा.सुनीलसहित पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो

काठमाडौँ। अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म सांसद डा.सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन्। पक्राउ पर्नेमा शर्मासहित डा. रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्।

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए। शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए। सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ।


ताजा समाचार