बाढीपहिरो अझै दुई महिनासम्म रहन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन्।

शनिबार बसेको विपत व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन्।

उद्दार तथा राहतका लागि पूर्व तयारी भएपनि कहिले काही समस्या आउने गरेको उनले सुनाए। शुक्रबार म्याग्दीमा मौसमका कारण तुरुन्त हेलिकप्टर पठाउन नसकिएको भन्दै उनले बैठकमा यस्तो बेला प्रविधि प्रयोग गर्नेबारे छलफल भएको छ।

बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयहरुमा नै राखिने भएको छ। यसबाहेक अर्को विकल्प नभएको पोखरेलले बताए।

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।


ताजा समाचार