आईपीएल : आज रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ । जारी सिजनको आईपीएलमा बैंगलुरु सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ ।

बैंगलुरु र हैदराबादबिचको खेल राति ७ः४५ बजे बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । जारी सिजनको आईपीएलमा हैदराबादको यो छैटौँ खेल हो । हैदराबादले यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

हैदराबाद ६ अंकसहित तालिकाको चोथो स्थानमा छ । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबादले मुम्बई इन्डियन्सलार्य ३१ रनले हराएको थियो ।

यसैगरी सनराइजर्स हैदराबादले आफ्नो तेस्रो खेलमा गुजरात टाइटन्ससँग सात विकेटले हारेको थियो । चौथो खेलमा हैदराबादले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो । पाँचौँ खेलमा पनि हैदराबादले पञ्जब किङ्सलाई हराएको थियो ।

सिजनको सुरुआतदेखि नै निराशाजनक प्रदर्शन गर्दै आएको बैंगलुरुको भने यो सातौँ खेल हो । बैंगलुरु यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा पराजित भएको छ । एक खेलमा भने बैंगलुरुले सफलता हात पारेको छ ।

बैंगलुरु केवल दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ । बैंगलुरुलाई पहिलो खेलमा चेन्नई सुपर किङ्सले ६ विकेटले हराएको थियो । दोस्रो खेलमा बैंगलुरुले पञ्जाब किङ्सलाई हराएको थियो । त्यसपछि लगातार चार खेलमा बैंगलुरु पराजित हुँदै आएको छ ।

बैंगलुरुलाई तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सात विकेटले हराएको थियो । चौथो खेलमा बैंगलुरुलाई लखनउ सुपर जाइन्ट्सले २८ रनले पराजयको स्वाद चखाएको थियो । बैंगलुरु पाँचौँ खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले र छैटौँ खेलमा मुम्बई इन्डियन्ससँग सात विकेटले हारेको थियो । एजेन्सी


ताजा समाचार