आईपीएल : आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेल चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेलिने छ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । गुजरात र बैंगलुरुबिचको खेल जारी आईपीएलको ४५ औँ खेल हो ।

जारी सिजनको आईपीएलमा गुजरात र बैंगलुरुले खेल्न लागेको यो १० औँ खेल हो । यो आईपीएलमा यी दुबै टोलीको प्रदर्शन सन्तोषजनक देखिँदैन । गुजरातले यसअघि खेलिएको नौमध्ये चार खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

यसैगरी बैंगलुरुले यसअघि खेलिएको नौमध्ये दुई खेलमा मात्र जित हात पार्न सकेको छ । बाँकी सात खेलमा भने बैंगलुरु पराजित भएको छ । बैंगलुरु चार अंकसहित तालिकामा सबैभन्दा तल अर्थात १० औँ स्थानमा छ । एजेन्सी


ताजा समाचार