बझाङमा एमालेको अग्रता, माओवादी दोस्रो स्थानमा

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् ।

४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् ।

बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।


ताजा समाचार