इलाममा ३ वडाको मत गन्दा कांग्रेसको अग्रता कायमै, सुहाङले घटाए मतान्तर

इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको मतान्तर घटाएका छन् ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर २८ मा झारेका छन् ।

४ हजार १ सय ५० मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६५८ र एमालेका नेम्वाङले १ हजार ६३० मत पाएका छन् । वडा नं. १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने वडा नं ३ को वडाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३० मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०८ मत पाएका छन् ।


ताजा समाचार