टी–२० विश्वकप २०२४ : जस बट्लरको कप्तानीमा इङ्ल्यान्डको टोली घोषणा

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि इङ्ल्यान्डले मंगलबार आफ्नो टोलीको घोषणा गरेको छ । टी–२० विश्वकपको नवौँ संस्करण जुन १ तारिखमा अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ ।

इङ्ल्यान्डले विश्वकप टोलीमा क्रिस जोर्डनलाई पनि फिर्ता बोलाएको छ । जोफ्रा आर्चरले पनि टोलीमा स्थान पाएका छन् । क्रिस जोर्डनले पछिल्लो पटक सन् २०२३ को सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्ध टी–२० प्रतियोगिता खेलेका थिए ।

इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली (उपकप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, साम कुर्रन, क्रिस जोर्डन, टम हर्टली, आदिल रासिद, जोफ्रा आर्चर, मार्क उड र रिसे टप्ली रहेका छन् ।

आगामी विश्वकपमा इङ्ल्यान्ड समूह ‘बी’ मा परेको छ । उक्त समूहमा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन्। इङ्ल्यान्डले आफ्नो पहिलो खेल जुन ४ तारिखमा स्कटल्यान्डसँग खेल्ने कार्यक्रम छ । एजेन्सी


ताजा समाचार