टी–२० विश्वकप २०२४ : भारतीय टोलीको घोषणा

यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई० ले मंगलबार रोहित शर्माको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । प्रभावशाली खेलाडी विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छ । यसअघि कोहलीको विषयमा बीसीसीआई अन्यौलमा थियो ।

भारतीय टोलीमा यशस्वी जैसवाल, सूर्यकुमार यादब, ऋषभ पन्त र सन्जु सामसनले पनि स्थान पाएका छन् । सन्जु सामसन र ऋषभ पन्तले जारी इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका कारण विश्वकप टोलीमा स्थान पाएका हुन् ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादब, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादब, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।

टोलीमा शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई रिजर्व खेलाडीका रुपमा स्थान दिइएको छ । आगामी विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । उक्त समूहमा पाकिस्तान, क्यानडा, आयरल्यान्ड र आयोजक अमेरिका रहेको छ । भारतले पहिलो खेल जुन ५ तारिखमा आयरल्यान्डसँग खेल्ने छ । एजेन्सी


ताजा समाचार