दीपेन्द्रसिंह ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौं । नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि सुधार गरेका छन् ।

आईसीसीले पछिल्लोपटक सार्वजनिक गरेको वरीयताअनुसार ४ स्थानको सुधार गरेका ऐरी दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसी वरीयतामा कुनै पनि नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा उत्कृष्ट वरीयता हो ।

यो क्याटागोरीमा इंग्ल्यान्डका लियम लिंगुस्टन एक नम्बरमा छन् । ऐरीको २३० अंक भने लियमको २५३ अंक छ । दीपेन्द्रले अस्ट्रेलियाका मार्कोस स्टोइनसलगायतलाई पछाडि पारेका छन् ।

नेपालका कुशल मल्ल ६ स्थान खस्केर ४०औँ स्थानमा आएका छन् । कप्तान रोहित पौडेल ५४औँ स्थानमा यथावत छन् भने गुल्सन झा ११ स्थानको सुधार गरी ५६औँ र ६ स्थान सुधार गरेका कुशल भुर्तेल ६०औँ स्थानमा छन् ।


ताजा समाचार