ओलीलाई मोदीको पत्र : विपद्का बेला नेपालको साथमा छ भारत

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन्। नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र लेख्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन्।

नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए ।

नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् ।


ताजा समाचार