झण्डा जलाउने ९ जना पक्राउ

काठमाडौँ। चर्को दबाबपछि ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गरिएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्तिहरुको नाम खुलाइएको छैन। उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो। अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ। यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो। युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए। अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ। सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन्।

र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका हुन्। मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ।

 


ताजा समाचार