सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टरको भूकम्प

काठमाडौं। बुधबार बिहान करिब पाँच बजेर २० मिनेट जादा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। जिल्लाको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको जानकारी दिएका छन्। हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको एसपी अधिकारीले बताए।

बुधबार गएको भूकम्पले जिल्लामा थप पहिरोको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बताउछन्। सम्भावित जोखिमलाई दृष्टिगत गरेर जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको छ।


ताजा समाचार