हुम्लामा अतिक्रमण गरेको विरोधमा चीनियाँ दुतावासमा प्रदर्शन

काठमाडौँ। हुम्लामा सीमा अतिक्रमण गरेको विरोधमा काठमाडौँको बालुवाटारस्थित चीनियाँ दूतावास अगाडि प्रदर्शन गरिएको छ।

बुधबार प्रदर्शनमा उत्रेकाहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग अघि सारेका छन्। युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन्।

हुम्लाको नाम्खा गाउँपालिका ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ।

तस्बिरः मुकुन्द कालिकोटे


ताजा समाचार