आइपुग्यो भारतीय अनुदानको खोप (फोटोसहित)

काठमाडौँ। भारत सरकारको अनुदान सहयोगमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ।

एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ः४५ बजे खोप बोकेको विमान अवतरण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिसिल्ड खोपलाई टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लागि लगिने कोभिड(१९ खोप सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए। टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा आवश्यकताको आधारमा पु¥याइने उनले बताए।

यस्तै प्रदेशबाट जिल्ला–जिल्ला तहमा खोप पु¥याइने छ। यो खोप प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तिमा ४ साताको फरकमा दिनुपर्ने डा। उप्रेतीले बताए । एक पटकमा ०।५ एमएल मात्रा वा डोज व्यक्तिको पाखुरामा कोभिसिल्ड लगाइन्छ।

नेपालमा हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने जनशक्ति ८ हजार छन्। स्वास्थ्य जनसंख्या मन्त्रालयले खोप भित्रिएको एक साताभित्र खोप लगाउन सुरु गरिने तयारी रहेको बताएको थियो। यद्यपी कुन दिनबाट खोप लगाउने भन्ने मिति तय भइसकेको छैन। तर, चाडैं खोप दिने तयारीमा जुटिरहेको डा। उप्रेतीले बताए।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार