माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।

मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन्। उनका अनुसार बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन।

माओवादीले समर्थन फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादमा अगाडि बढाएको थियो। काँग्रेस र जसपाले माओवादीलाई समर्थन फिर्ता नगरेकाले राजनीतिक निवासको ढोका नखुलेको बताउँदै आएका छन्।


ताजा समाचार