बालुवाटारमा सर्वदलीय बैठक सम्पन्न

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक सकिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सो बैठकमा काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन्।

यसैबीच जसपाले पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ। सर्वदलीय बैठकमा अनुपस्थित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई आधिकारिक रुपमा निम्ता नआएको बताए।

उनले भने, ‘सर्वदलीय बैठकबारे कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा जानकारी आएको होला। तर पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन।’

सर्वदलीय बैठकको बारेमा पार्टीमा जानकारी आउनुपर्ने भएपनि त्यसो नभएकाले आफू बैठकमा जाने कुरा नभएको बताए। यस्तै सो पार्टीबाट डा बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएका छैनन्। तर, सर्वदलीय बैठकमा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण भने सहभागी भएका छन्। यस्तै बैठकमा माओवादी पनि सहभागि छैन।


ताजा समाचार