एमाले मिलनविन्दु जेठ २ गते अनिवार्य

काठमाडौं। नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले पार्टीको आन्तरिक विवाद समाधानका लागि २०७५ जेठ २ गते फर्किनुको विकल्प नभएको टिप्पणी गरेका छन्।

राजनीतिक मुद्दाहरु अदालत पुगेको र अदालतबाट समाधान नहुने भन्दै जेठ २ मा फर्किनुको विकल्प नरहेको रिजालको भनाई छ।

शुक्रबार उनले सामाजिक सन्जाल फेशबुकमा लेखेका छन् , “फेरि भन्छु, राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा पुगिन्न। नेकपा (एमाले) भित्रको समस्या राजनीतिक हो र यसको निकास राजनीतिक रुपमा खोज्नुपर्छ। निकास खोज्न जति ढिलो हुन्छ, थप पराजय, थप बेइज्जत र थप भुक्तमान भोग्नुबाहेक अरु विकल्प के छ र ?”

उनले अगाडि लेखेका छन्, “अदालतले कानुन पढ्छ, हाम्रो जनमत पढ्दैन, वकिलको तर्क हेर्छ, हाम्रो भविष्य हेर्दैन। त्यसैले बाटो बिराइयो भने जहाँबाट यात्रा सुरु गरेको हो, त्यहीँ फर्किनुपर्छ भनेझैँ बिना दाउपेच एमालेको एकताका लागि जेठ २ नै प्रस्थान र मिलनविन्दु हो।”


ताजा समाचार