गठबन्धनको बैठकमा केसी सहभागि, नेपाल अनुपस्थित

काठमाडौँ। सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा बसेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी छन्।

‘खासगरी सरकार सञ्चालनका विषयमा छलफल गर्न भनेर बोलाइएको छ। छलफल भएपछि मात्रै थाहा होला’, गठबन्धनमा रहेका एक नेताले रातोपाटीसँग भने, ‘सम्भवत मन्त्री र मन्त्रालयका बारेमा छलफल होला।’

गठबन्धनमा रहेका दलहरु मध्ये कसलाई कति मन्त्रालय दिने र को को मन्त्री बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन। यसअघि माओवादी केन्द्रले उच्चस्तरीय राजनीति संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो।


ताजा समाचार