१४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ। देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

१ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा ६६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन। महामारीमा हालसम्म देशमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ३ हजार ६८९ जनाले खोप लगाएका छन्।


ताजा समाचार