डेंगु अपडेट : ३११०३ सङ्क्रमित, ४१ जनाको मृत्यु

काठमाडौँ। देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ।

गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन्। मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


ताजा समाचार