एपिएफमाथि मनाङको पुनरागमन जित

काठमाडौँ। सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ। १-० गोलले पछि परेको स्थिति उल्टाउँदै मनाङले २-१ गोलको जित हात पारेको हो।

खेलको ३५ मिनेटमा अर्मान्ड बिएडोमको गोलबाट एपिएले खेलमा अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० गोलले पछि परेको मनाङले दोस्रो हाफमा दुई गोल गर्‍यो।

५२ मिनेटमा कमल थापाले बराबरी गोल गर्दा सेइजामोलले ७२ मिनेटमा दोस्रो गोल गरे।

लिगमा मनाङले तेस्रो जित हात पारेको हो। मनाङ ५ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा छ। एपिएफ भने ७ अंकसहित छैटौं स्थानमा छ।

यससँगै लिगको पाँचौ चरणका खेल सकिएका छन्। पाँचौ चरणसम्म सातदोबाटो १२ अंकसहित शीर्ष स्थानमा छ।


ताजा समाचार