जबजबाट समाजको अग्रगति सम्भव छैन: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद नै भएको बताएका छन् ।

बुधवार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अहिले पनि पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी रहेको बताए । ‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३/०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ’, खनालको भनाइ छ ।

नेता खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने पनि बताए । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनले उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने धारणा राखे ।

‘समाजवादी जनवादमा पुग्नुपर्नेछ, समाजवाद स्थापना गर्नुपर्नेछ । तर एकथरी विद्यार्थीहरु त्यो मान्दैनन् । उनीहरु पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेका छन् । अहिलेको जे समाज छ, यही कुरा ठिक छ, यही नै समाज विकास हो, यही स्वर्ग हो, यसमै बसेर लुटपाट गर्नुपर्छ भन्नेछन्’ अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरुसँग वैचारिक संघर्षहरु गर्नुपर्ने बताए ।

साथै उनले दक्षिणपन्थी अवसरवादी धारा पनि रहेको र त्यो धाराले छ, भन्न चाहिँ आफूलाई क्रान्तिकारी धारा भन्ने गरेपनि यथार्थमा दक्षिणपन्थी अवसरवादी धारा समात्ने र उसले जबज भन्ने गरेको बताए । ‘यो जबज भनेको पनि पुँजीवादी जनवाद नै हो । त्यसले पु¥याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारासँग पनि वैचारिक संघर्षहरु गर्नुपपर्छ’, खनालको भनाइ छ ।


ताजा समाचार