गठबन्धन बलियो बनाउन उपेन्द्र यादवलाई जिताउनु पर्छ: देउवा

बारा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बारा–२ मा जिताएर गठबन्धनलाई बलियो बनाउन आग्रह गरेका छन्।

बारामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेसमा राम्रो काम गरेका कारण जिताउन मतदातालाई आग्रह गरे ।

संघीयता र लोकतन्त्रका लागि लडेका उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार रहेको बताउँदै उनले ऐतिहासिक ठाउँसमेत रहेको बाराबाट गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन आग्रह गरे । उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने धारणासमेत राखे ।


ताजा समाचार