प्रचण्डको तीन दिने भ्रमण तालिका भारत पठाइयो

काठमाडौँ। प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणको मिति भारत सरकारसमक्ष प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यले बताए ।

यी दुई मितिमध्ये भारतले एउटा तय गरेर खबर गरेपछि प्रधानमन्त्री प्रचण्डको भ्रमण तय हुने बताइएको छ । भारतबाट यसै साताभित्र मिति कन्फर्म गरिने बताइएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तीन दिनको हुने गरी भ्रमणका क्रममा हुने कार्यक्रम र तालिकाको एजेण्डा तय गर्न पनि भनिएको स्रोतले जनाएको छ ।

तीन दिनसम्म हुने भ्रमणमा के के एजेण्डामा छलफल हुने भन्नेबारे परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै पनि नयाँ विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्रालय स्रोतले दाबी गरेको छ।


ताजा समाचार