विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीले आफूलाई आवश्यक हुने थप एक मोबाइल ल्याउन पाउने भएका छन्। वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नियमावली संशोधन गरी विदेशबाट मोबाइल ल्याउन सहज बनाएको हो। साथै, त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (मएमडीएमस)मा समेत दर्ता हुने निर्णय सरकारले गरेको छ।


ताजा समाचार