जो सलमानका लागि ज्यान दिन्छन्, महिनाको १५ लाख लिन्छन्

काठमाडौँ। बलिउड अभिनेता सलमान खानलाई बेलाबेला ज्यान मार्ने धम्की आइरहन्छ। त्यसो त उनी आफ्नो सुरक्षामा निकै पैसा खर्च गर्छन्।

पछिल्लो समय ज्यान मार्ने धम्की आएपछि उनले १ करोड मूल्यको बुलेटप्रुफ कार किनेको खबर सार्वजनिक भएको थियो।

उनले आफ्नो सुरक्षाका लागि ‘बडिगार्ड’ (अंगरक्षक) पनि महँगो पारिश्रमिक दिएर राखेका छन्। जसको नाम हो– शेरा।

नवभारत टाइम्सका अनुसार सलमानलाई सुरक्षा दिएबापत उनी मासिक भारतीय रुपैयाँ १५ लाख पारिश्रमिक लिन्छन्। शेराले झन्डै २८ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्।

शेराले एक अन्तर्वार्तामा सलमानका लागि आफू ज्यान दिन तयार रहेको बताएका थिए।

शेराले माइकल ज्याक्सन, विल स्मिथ, ज्याकी चेनजस्ता हलिउड कलाकारलाई पनि सुरक्षा दिएका थिए।


ताजा समाचार