एलन मस्कले फेरे ट्विटरको लोगो

काठमाडौं। एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन्।

यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन्। ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए। उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए।


ताजा समाचार