करिब दुई दशकपछि चलचित्र ‘पन्छी’ युट्युबमा

काठमाडौँ। करिब दुई दशक पहिले बनेको चलचित्र ‘पन्छी’ शुक्रबारदेखि युट्युब मार्फत सार्वजनिक गरिने भएको छ।

निर्माण पक्षकाअनुसार २०५८ साल जेठमा प्रदर्शन भएको उक्त चलचित्र दर्शकको माग अनुसार युट्युबमा ल्याउने लागिएको हो।

त्यो समयमा दरबार हत्याकाण्ड भएको थियो। त्यस्तो दु:खद परिस्थितिमा पनि चलचित्र ‘पन्छी’ ले दर्शकको मन जित्न सफल भएको निर्देशक तथा निर्माता आकाश अधिकारी बताउछन्।

१९ वर्षपछि दर्शकको चाहनाअनुसार ‘पन्छी’ युट्युव मार्फत सार्वजनिक गर्न लागेको निर्देशक अधिकारीको भनाइ छ। चलचित्रमा महानायक राजेश हमाल र सदावाहार नायिका करिश्मा मानन्धर, शिव श्रेष्ठ, शर्मिला मल्ल, पूजा चन्द, टीका पहाडीलगायत कलाकाहरुको अभिनय देख्न सकिने छ।

निर्देशक अधिकारी र भीमबहादुर थापाले संयुक्त रुपमा उक्त चलचित्र निर्माण गरेका हुन्। करिब दुई दशक पहिलेको चलचित्र डिजिटल बजारमा आउदैछ।

नेपाली दर्शकहरुले उक्त चलचित्रलाई कसरी लिन्छन् ? कस्तो प्रतिक्रिया देलान् ? कति माया गर्लान ? त्यसका लागि भने केही समय कुर्नुपर्ने हुन्छ।


ताजा समाचार