नवजीबन केन्द्रीय कार्यालयमा ताला बन्दी

काठमाडौँ। नारायणटार जोरपाटी, नेपाल अपङ्गा संग खगेन्द्र नवजीबन केन्द्र संर्घष समितिद्धारा नेपाल अपङ्गा संघ खगेन्द्र नवजीबन केन्द्रिय कार्यालयमा ताला बन्दी गरेका छन्।
राम प्रसाद कोईरालाको संयोजकत्वमा सो कार्यक्रम भएको हो। काठमाडौं जिल्ला साबिक जोरपाटी गाविस वडा नं १६ को परिवर्तित गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको स्थापना २०२६ सालमा भएको हो।
स्थापना कालदेखि सो संस्थाले शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्तिहरुको लागि उपचारात्मक सेवा, समयानुकुल शिक्षा, तालिम व्यवसायिक शिपहरुको विकास गर्ने र समान उद्देश्य रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोग लिई अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको संरक्षण तथा सम्वर्धन गर्न सबै किसिमका नीतिहरुमा तथा कार्यक्रमहराध्यान दिने दिलाउने उद्देश्य रहदै आएको हो।
अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्थाहरु मध्ये अग्रणी संस्था भएको कारण नेपाल सरकारले निरन्तर रुपमा शिक्षा अनुदान, अपाङ्ग पुनस्थापना अनुदान बजेट प्रदान गर्दै आइरहेको छ र गुठी संस्थानले समेत संघलाई जग्गा जमिन उपलब्ध गराएको छ। यस प्रकार नेपाल सरकार लगायत समाजसेवी व्यक्तिहरुको सहयोगको कारण संघ आम्नो प्रशस्त जग्गा जमिन भौतिक पूर्वाधार सम्पन्न रहेको छ।
यसरी घरभाडा, सटरभाडाबाट बार्षिक ८०/८५ लाख उठेको रकमबाट संघका अध्यक्ष, पदाधिकारी, सदस्यहरु घुमघाम गर्ने, मोजमस्ती गर्ने, भत्ताको लागि भ्रमण गर्दै हिड्ने बाहेक अपाङ्गहरुको लागि कुनै प्रकारको सेवा प्रदान गरेको त्यति मात्र नभई नेपाल सरकार विशेष शिक्षा परिषदले शारीरिक अपाङ्गता भएका बालबालिकाह लागि संचालित एकमात्र विशेष विद्यालयलाई बार्षिक रुपमा ६०/७० लाख रुपैया अनुदान बजेट प्रदान गर्दै आएको छ।
संघद्धारा संचालित उक्त विशेष विद्यालयमा हाल २०० जना जति विद्यार्थी अध्ययन गर्छन। जसमध्ये ३०र३५ जना अपाङ्ग विद्यार्थीहरु मात्र रहदै आए छन। यसरी अपाङ्ग विपन्न व्यक्तिहरुको उपचारको लागि बनाइएको संचित कोषको रकम समेत हिनामिना गरेका छन्।
नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको स्थापना २०५१ सालमा भएदेखि नै अपाङ्गहरुको लागि सिप विकास, तालिम, उपचार सहयोग सामग्री वितरण कार्यका लागि वार्षिक रुपमा बजेट प्राप्त हुन्थ्यो।

गत आब २०७३/०७४ देखि नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र नेपाल अपाङ्ग संघबीच भएको अपाङ्ग पनस्थापना कार्यक्रम सम्बन्धी सम्झौता पत्र २०७२ अनुसार अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई संस्थामा दीर्घकालिन संरक्षण गर्न गत आब २०७३र०७४ र २०७४ र ०७५ मा ५९,१३,००० ‘उनान्साठी लाख तेह्र हजार’ रुपैया अनुदान रकम निकासा भएको थियो।

उक्त निकासा भएको रकम मध्ये २२,९७,९०७ अपाङ्ग पुनर्स्थापना कार्यमा खर्च गरेको देखाएता पनि महिला बालबालिका तथा जेष्ठ नागरिक तत्कालिन समाजकल्याण मन्त्रालयमा केन्द्रबाट पेश गरेको खर्च सम्बन्धी कागजातहरुमा सही छाप समेत गरेको देखिएन भनि गत आब २०७४/०७५ को महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनको बुदा नं ४.२ मा औल्याएको छ। निकासा भएको अनुदान रकम मध्ये बाँकी ३६,१५,०९३रबेरुजु देखिन्छ भने महालेखा परिक्षणको कार्यालयले सक्कल बिल भरपाई, सही छाप नभएकोले  ५९.१३,००० नै बेरुजु देखाएको छ।

त्यस्तै गरी महिला बालबालिका तथा जेष्ठ नागरिक ९तत्कालिन समाजकल्याण० मन्त्रालयको गत आब २०७३/०७४ को लेखापरिक्षणको प्रारम्भिक प्रतिवेदनको बँदा नं १६.३ र १७२ मा सो संस्थालाई अनुदान उपलब्ध गराइएको फाईल परिक्षण गर्दा सम्झौता बमोजिमको बिल भरपाईहरु संलग्न गरेको देखिएन।

सम्झौतामा उल्लेख भएनुसारको बिल भइपाईहरुको खर्चको बिल भरपाईहरु पेश गराई सम्झौता अनुसार खर्च गरेको नगरेको एकिन गरि नगरेको पाइएमा कारवाही गरी सोको प्रमाण पेश गर्नुपर्दछ भनि उल्लेख गरेको छ। यसरी अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको औषधी उपचार, खाद्यान्न, आहार अदिको लागि नेपाल परकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रदान गरेको अनुदान बजेट बेरुजु देखिनु, सक्कल बिल भरपाई नभई भष्टाचार हुनुमा उक्त मन्त्रालयको सम्बन्धित विभागका सचिव, सहसचिव, उपसचिवकै मिलोमतोमा नेपाल अपाङ्ग संघका अध्यक्ष लगायत पदाधिकारी, सदस्यहरु समलग्न भई भष्टाचार भएको छ भने संघमा आश्रित अपाङ्गता भएका व्यक्तिहरुको भने चन्दा सहयोग, पैसा उठाएर दैनिक गुजारा भई रहेको छ।
यति मात्र नभई गत आब २०७५/०७६ मा निकासा भएको ५०,००,००० ‘पचास लाख रुपैया मात्र० समेतबाट अपाङ्गता भएका व्यक्तिहरुको लागि कुनै प्रकारको शिर्षकमा खर्च नगरी मनपरी खर्च गरेका छन्। तर संस्थामा आश्रित अपाङ्गहरुको अवस्था भने दयनिय रहेको छ।
यसरी अपाङ्गहरुको लागि आएको अनुदान रकम, आर्थिक सहयोग, संस्थाको सटर भाडा, घर भाडा लगायतका सम्पूर्ण रुपैयाहरु संस्था संचालन गर्ने वर्तमान कार्य समितिका अध्यक्ष मोहन महर्जन र निजहरूलाई साथ दिने अन्य मतियार सदस्यहरुको योजना, षडयन्त्रबाट विगत ५ वर्ष देखि आर्थिक हिनामिना गरी भ्रष्टचार भईरहेको व्यहोरा निवेदन गर्दछौं।
यस संस्थामा अनियमितता भएको सन्दर्भमा महालेखा परिक्षकको कार्यालयको बार्षिक प्रतिवेदन तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको गत आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ को लेखा परिक्षणको प्रारम्भिक बार्षिक प्रतिवेदन समेत अध्ययन गरी साथै संस्थाका वर्तमान कार्य समितिका अध्यक्ष मोहन महर्जन लगायतले राजनैतिक ऑड र पहुँचको आधारमा भ्रष्टाचार गरेको हुँदा अपाङ्ग र अपाङ्गता भएका व्यक्तिहरूलाई असर नपर्ने गरि संस्थामा भएको भ्रष्टाचार छानबिन गरि संस्थाको संरक्षण गरिदिनुहुन यो निवेदन पेश गरेका छौ।

यसै निवेदनका साथ संघका अध्यक्ष मोहन महर्जन लगाएतका संघका पदाधिकारी तथा सदस्यहरुले गरेको भ्रष्टाचारसँग सम्बन्धित कागजपत्रतहरुको प्रतिलिपि संलग्न गरि पेश गरिएको छ।


ताजा समाचार